Sunday, August 2

अहिले विश्वलाई शान्तिको झन् बढी खाँचो छः प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, नवलपरासी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्।

Advertisement

नवलपरासीको रामग्राममा मंगलबार आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धका सिद्धान्त, विचार र दर्शन अहिलेको सन्दर्भमा झन् बढी औचित्यपूर्ण भएको बताएका हुन्।

Advertisement
Advertisement

‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व रहिरहन्छ। आजको सन्दर्भमा विश्वमा शान्तिको महत्त्व झन् बढ्न गएको छ,’ उनले भने।

Advertisement

प्रधानमन्त्री प्रचण्डले केहीअघि राष्ट्र संघका महासचिवको भ्रमणले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरलाई विश्वव्यापी बनाउन सघाउ पुगेको पनि उल्लेख गरे।

‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा गरेको थिएँ। उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ,’ उनले भने।  जलवायु परिवर्तनका कारण नेपालले खेपेको प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको प्रधानमन्त्री प्रचण्डले बताए।