Wednesday, May 13

वीरगञ्जमा बेवारिसे शवमा पनि कोरोना देखियो

इरफान अलि, वीरगञ्ज। वीरगञ्जमा फेला परेको वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। घण्टाघरको छेउमा शुक्रबार मृत भेटिएका करिब २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका एक चिकित्सकले जानकारी दिए।
नारायणी अस्पतामा राखिएको शवको सनाखत हुन सकेको छैन। शव पोष्टमार्टमपछि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो। वेवारिसे शवमा कोरोना भाइरस पाइएपछि शवको उद्धारमा खटिएका तीन प्रहरीलाई क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यसैबीच पर्सामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन वर्षीय बालकसहित पाँच जनामा कोरोना पुष्टि भएको हो। वीरगञ्जको एक होटलको क्वारेन्टाइनमा बस्दै आएका १९ र ३४ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पाइएको छ।
होटलको क्वारेन्टिइनमा बस्दै आएका उनीहरुमा कोरोना संक्रमण देखिएको स्थानीय प्रशासनले जनाएको छ। उनीहर भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई शुक्रबार राति नै गण्डक कोभिड अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका संयोजक डा.उदय सिंहले जानकारी दिएका छन्
त्यसैगरी सखुवाप्रसौनी गाउँपालिका २ गुलरिया बस्ने ३० वर्षीया महिला, ३ वर्षका बालक र १५ वर्षका किशोरमा पनि कोरोना पुष्टि भएको छ। उनीहरुलाई गण्डक अस्पतालमै राखेर उपचार सुरु गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *