Sunday, August 2

लेखनाथ पत्रकार मञ्चको आठौं स्थापना दिवस मनाइयो

नेपालअखबार, लेखनाथ । लेखनाथ पत्रकार मञ्चले आफ्नो आठौं स्थापना दिवस एक कार्यक्रमका बीच आज मनाएको छ ।
पृथ्वी राजमार्गको अर्घौं चोकमा अवस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण एवम् सरसफाई गर्दै मञ्चले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाले कवि शिरोमणिकै नाम जोडेर स्थापित मञ्चका कामहरू उहाँप्रति उच्च सम्मान र साहित्यिक क्षेत्रको योगदानलाई थप टेवा पुग्ने गरी गर्नुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
मञ्चका सल्लाहकार एवम् राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले कविशिरोमणि लेखनाथ पौड्यालको अघौंचोकस्थित शालिकको विशिष्ट महत्व रहेको बताउँदै सडक विस्तारका क्रममा यसको विशेष संरक्षण गरिनुर्नेमा जोड दिनुुभयो । बृहत् पोखराका नाममा लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा समेटिएका अवस्थामा कतै यो क्षेत्र ओझेलमा पर्ने होकी भन्ने भन्ने चासो र चिन्ता बढीरहेको उहाँले बताउनुुभयो ।
लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालको अध्यक्षता एवम् सचिव विष्णुहरि पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठ, मञ्चका निवर्तमान अध्यक्ष भीमपाणि बराल, सल्लाहकार सन्दिप पौडेल लगायतले पत्रकार मञ्चका माध्यमबाट आगामी दिनमा लेखनाथ क्षेत्रको उन्नयनका लागि कलम चलाउन शुभकामना दिनुुभयो ।
कवि शिरोमणि लेखनाथ पौड्यालको नाममा साविक लेखनाथ नगरपालिका क्षेत्रमा रही यस क्षेत्रको उन्ननयमा पत्रकारिताका माध्यमबाट योगदान गर्ने सञ्चारकर्मीको साझा संस्थाका रुपमा २०६७ साल पुस २१ गते तत्कालीन राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल क्षेत्रीय कार्यालय(हालको रासस गण्डकी प्रदेश कार्यालय) नयाँ बजार पोखरामा मञ्चको स्थापना भएको हो । स्थापित मञ्च वि सं २०७३ मंसिर ३० गते विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ ।
यसै बीच मञ्चले हरेक वर्ष पुस १५ गते कवि शिरोमणिको जन्मजयन्तीका अवसर पारेर प्रदान गरिने लेखनाथ पत्रकारिता पुरस्कारको प्रतिभा छनोैटका लागि समिति गठन गरिएको छ । मञ्चका अध्यक्ष कविराज खनालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, मञ्चका निवर्तमान अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेल र सल्लाहकार वासुदेव पौडेल रहनुुभएको संघले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement