Saturday, July 18

मन्त्री ज्वालाद्वारा सुरही खोलामा बनेको पुल उद्घाटन

नेपालअखबार, बुटवल। कपिलवस्तुको पूर्व-पश्चिम महेन्द्र राजमार्गको शिवराज कोलोनी हुँदै बानियाँभार–भगवानपुर सडक जोड्ने सुरही खोलामा बनेको पुलको उद्घाटन गरिएको छ।

Advertisement

शनिबार एक कार्यक्रमबीच भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उक्त पुलको उद्घाटन गर्नु भएको हो। टुण्डी कन्ट्रन्सन प्रा.लि. ललितपुरले बनाएको पुलको लम्बाई ३ सय ६० मिटर रहेको छ। ०७७ चैत्र १२ गते सम्झौता भई ०८२ असोज १२ गते निर्माण कार्य सम्पन्न गर्ने योजना रहेपनि निर्माण कम्पनी टुण्डीले समय अगावै पुल निर्माण गरेको हो।

Advertisement
Advertisement

गत असोज ९ गते नै पुल बनेको भएपनि शनिबार मात्र पुलको औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो। साविक शिवगढी गाविस हालको शिवराज नगरपालिका वडा नं. ९ पुग्न सकिने यो पुल त्यस क्षेत्रमा ‘लाइफ लाइन’का रुपमा रहेको छ । हुलाकी राजमार्ग र महेन्द्र राजमार्गसँग यो पुलले जोड्ने काम गर्छ।

Advertisement

नेपाल सरकारको लगानीमा ४६ करोड १५ लाखमा निर्माण कम्पनीसँग पुल बनाउने ठेक्का सम्झौता भएपनि ४५ करोड ८८ लाखमा निर्माण कम्पनीले सरकारबाट भुक्तानी माग गरेको छ । सडक विभाग अन्तर्गत पुल महाशाखाको पुल सेक्टर नेपालगञ्जको संलग्नतामा भएको पुल निर्माणको काम भएको हो ।