Friday, February 20

संविधान संशोधन हुँदा यी १२ सांसद अनुपस्थित रहे

नेपाल अखबार, काठमाडाैं । शनिबार संविधानको दोश्रो संशोधन हुँदा १२ जना सांसद अनुपस्थित रहेका छन्।
अमृता देवी अग्रहरी, गोपालबहादुर वम, दुलारी देवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिवोल गजुरेल र ज्ञानकुमारी छन्त्याल अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको कुल सदस्य संख्या २७५ मध्ये संशोधनमा मतदान हुँदा २५८ जनाको उपस्थिति थियो।
उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका थिए।
सांसद सदस्य विजय गच्छदार, अफताब आलम, रेशम चौधरी र हरिनारायण रौनियार बिभिन्न मुद्दामा निलम्बित छन् भने सभामुखले निर्णायक भोट आवश्यक परेमात्र मतदान गर्ने परम्परा छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *