Tuesday, October 28

स्याङ्जाको भिरकोटमा जिप दुर्घटना, एक किशोरीको मृत्यु, सात घाइते

नेपाल अखबार,स्याङ्जा । स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ।
शनिबार भिरकोट नगरपालिका– ५ मा भएको जिप दुर्घटना सोही नगरपालिका वडा नं. ५ वि १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर घाइते भएकी अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विमलराज कँडेलले जानकारी दिए। दुर्घटनामा परी जिप चालकसहित अन्य सात जना घाइते भएका छन्।
दुर्घटनामा भिरकोट– ५ कि ३७ वर्षीया शान्ति अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीया पार्वती अर्याल, ५६ वर्षीया शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की सुस्मा अर्याल घाइते भएका हुन।
घाइतेलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको र जिप चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरीले जनाएको छ। रासस

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *