Wednesday, July 8

बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

नेपालअखबार, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

Advertisement

बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी  दिए।

Advertisement
Advertisement

आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको एसपी शाहीले जानकारी दिए।

Advertisement

बैरिया गाउँका एक जना स्थानीयले भने बालक सामुदायिक वन भित्र प्रवेश गरेको र त्यही बेला बाघले उनीमाथि आक्रमण गरेको बताए।

मृतक बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको एसपी शाहीले जानकारी दिए।