Wednesday, July 8

डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा

नेपालअखबार, तनहुँ। पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक अन्तर्गत डुम्रे–छिर्कन ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेको छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।

Advertisement

यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो। पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ। त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ।

Advertisement
Advertisement

उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ। एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले जानकारी दिए।

Advertisement

आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ।

पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो।

चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए।रासस