
नेपालअखबार, काठमाडाैं। श्रम सम्झाैता नभएका देशमा श्रमिकलाई पठाउने विषयमा सरकार गम्भिर हुनु पर्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खानंले बताएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले अयाेजना गरेकाे कार्यकमका प्रमुख आतिथि सभापति माननीय खानले देश रहेपाे तपाइ मेनपावर व्यवसायीहरूले व्यवसाय गर्नु हुन्छ ? यसकारण देशकाे हितका लागि पनि साेच्नु पर्ने बताए ।
श्रम सम्झाैता नभएका देशमा कसरी हाम्रा श्रमिकहरूलाई राेजगारका लागि पठाउन सकिन्छ यस बारे सरकारले गम्भिर भएर साेच्नु पर्ने बताउदै नेपाली श्रमिकहरूकाे गन्तव्य साउदी अरबमा पनि श्रम सम्झाैता नभएकाे अवस्था रहेकाे सभापित खानले बताएका छन् । श्रम आप्रवासन संवादमा विषयमा आफ्ना भनाइ राख्दै महिला घरेलु श्रमिकहरूका पक्षमा सरकारले पहिला उनिहरूकाे सुरक्षालाई मध्यनजर गर्दै राेजगारलाई जाेड्ने बताएका छन् । 
विभिन्न देश अनुसार श्रमिकहरूकाे समस्या पनि फरक रहने हुँदा समस्याकाे अवस्था हेरेर राज्यले समाधान साथै श्रमिककाे समस्यालाई सम्बाेधन गर्ने पर्ने सभापति खानले बताएका छन् । 

