Thursday, July 30

पुरानो बानेश्वरमा ढल खन्ने क्रममा पुरिएका व्यक्तिको उद्दार

नेपालअखबार, काठमाडौं । काठमाडौं–९, पुरानो बानेश्वरमा ढल खन्ने क्रममा पुरिएका मजदुरको प्रहरीले उद्दार गरेको छ ।

Advertisement

मंगलबार मध्यराति ११ः४६ बजे पुरानो बानेश्वरदेखि सेतो पुल जाने बाटोको पेटीमा ढल निर्माण हुँदै गर्दा अचानक माटोको ढिस्को झरेर पाँचथरका २५ वर्षीय योगेन्द्र लिम्बु पुरिएका थिए ।

Advertisement
Advertisement

लगत्तै प्रहरी वृत्त, गौशालाबाट गएको टोलीले उनलाई उद्दार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Advertisement

उद्दारपछि उपचारका लागि उनलाई फ्रन्टलाइन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।