Wednesday, October 29

 पोखरामा एक युवक मृत अवस्थामा फेला

नेपाल अखबार, पोखरा । पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका-२९ पट्नेरीका २० बर्षीय अमित रसाइली मृत फेला परेको गण्डकी प्रदेश  प्रहरी कार्यालय पोखराले  जनाएको छ ।
रसाइलीको शव आइतबार  पोखरा -३२ स्थित  सेती नदिको बिचमा  फेला परेको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए  ।
शनिवार रातको करिव  ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथिहरुलाई पार्टी दिन भनेर पोखरा -३३ बाघमारा चौरमा  हिडेका उनी आइतबार  बिहान ७:१० बजे मृत भेटिएका हुन् ।
पार्टी दिन गएका युवक हराएको भनि आइतवार बिहान ३:३० मा खबर पाएपछि कास्की प्रहरीले खोजतलास थालेको थियो ।
प्रहरीले  रसाइलीसँगै गएका ४ जना साथीहरुसँग  सोधपुछ गरी अनुसन्धान भइरहेको जनाएको  छ ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *