Thursday, July 30

२ सय किलो आखेटोपहार सहित दुई जना पक्राउ

नेपालअखबार, संंखुवासभा। संंखुवासभा प्रहरीले मकालु वरूण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जंगली जनावर सालकको आखेटोपहार सहित दुई जनालाई पक्राउ गरेको छ।

Advertisement

आखेटोपहार सहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटे र एक महिला छन्।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन।

Advertisement

प्रहरीले उनीहरूलाई गए राति दुई सय किलो आखेटोपहार सहित पक्राउ गरेको हो।

पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ। उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने प्रहरीले बताएको छ।