Sunday, May 10

नेपाल रिटर्नी एशोसिएशनले केन्द्रिय कमिटीलाई बुझाइयो कार्यदिशा

नेपालअखबार, काठमाडाैं । नेपाल रिटर्नी एशोसिएशनले केन्द्रिय कमिटीलाई कार्यदिशा अध्यक्ष प्रविन पाैड्लले  बुझाएकाछन् । विभिन्न समयमा परिस्थिति, रहर, बाध्यताले देशभन्दा बाहिर पुगेर नयां खालका अनुभव हासिल गरेर नेपाल फर्किएकाहरुको संलग्नतामा गठित यो संगठनले विदेशको अनुभवलाई देशको आवश्यकता अनुसार उपयोग हुने गरि आर्थिक उन्नति गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने भन्ने योजनाका साथ खोज अनुसन्धान गर्दै गठनको सुरुका दिन देखि नै अगाडि बढिरहेको जान्बारी दिएका छन्।

नेपाल फर्कने सुनिश्चित सहित हाल संसारका विभिन्न देशमा कार्यरत रहनु भएका युवाहरुलाई पनि यो संगठनको सम्पर्कमा ल्याई उहाँहरुको लागि आर्थिक अवसरको वाटो निर्माण गर्दै हुक्क संग नेपाल फर्कन सक्ने र फकिएकाहरुलाई पुनः विदेश जानु नपर्ने वातारण सिर्जना गर्न पनि यो संगठन क्रियाशील रहने अध्यक्ष पाैड्लले बताए ।

Advertisement

विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम नेपाल सरकारको केही मन्त्रालय लगायत दातृ निकायले पुनःएकीकरण लगायतका विभिन्न सिपमुलक कार्यक्रम राखेकोले यस्ता कार्यक्रममा हाम्रो पार्टीको सबै तहमा विदेशबाट फर्किएर आबद्ध भएका सदस्यहरुलाई गोलबन्द गर्दै उक्त कार्यक्रममा देश र जनताको हितलाई उच्च प्राथमिकतामा राख्दै विदेशबाट स्वदेश फर्किएर हाम्रो देशको विभिन्न भूगोलमा छरिएर बसेका युवाहरुलाई संगठित बनाउन निम्न कुराहरुमा हाम्रो संगठनको अर्जुन दृष्टि रहेको  जानकारी दिएका छन् ।

May be an image of 9 people, dais and text

दिर्घकालिन कार्यविशा

मुलुकभित्र मर्यादित श्रम, उत्पादनशील रोजगारी र दिगो सामाजिक सुरक्षा सहितको समृद्दीका लागि आन्तरिक रोजगारी प्रबर्धन र असल श्रम सम्बन्ध विकास गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने ।

२ श्रमिकको हकहित एवं पेशागत सुरक्षा प्रदान गर्ने, मर्यादित कार्यवातावरण सिर्जना गर्ने जस्ता कार्यहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउदै बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित वनाउने तथा सीपयुक्त जनशक्तिको विकास गरी आन्तरिक रोजगारी प्रबर्धनमा जोड दिदै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने ।

बैदेशिक रोजगारमा जानेलाई निरुत्साहित गर्ने हाम्रो लक्ष्य हो यद्धपि अहीले देशको परिस्थितिले गर्दा तत्काल रोक्न सक्ने अवस्था नभएसम्म सुरक्षित बैदेशिक रोजगारको निमित्त विदेश जानु पूर्व युवाहरुलाई व्यावसायिक क्षमता अभिवृद्धि तथा वैदेशिक रोजगार स्थल अनुसारको तालिमको लागि सम्बन्धित पक्ष सँग पहल गरी सीपयुक्त र ज्ञानयुक्त जनशक्ति बनाएरमात्र वैदेशिक रोजगारीमा पठाएर स्वदेश फर्कदा अहीलेको भन्दा बढी पूँजी र ज्ञान सहित फर्कने बनाउन र अहिले भैरहेको विक्तिलाई कम गर्न पहल गर्ने ।

४ प्रवासमा रहदा भईपरि आउने समस्या समाधानको निम्ति नेपाली प्रवास सम्पर्क मंच, नेपाल सरकार र सम्बन्धित देशमा रहेको नेपाली दुतावास संग समन्वय गरि समाधान गर्न पहल गर्ने ।

५। प्रवासमा रहदा स्वदेश फर्किनु अघि स्वदेशका लागि उपयुक्तहुने सीप मुलक तालिम, विदेश जानुपूर्व सकेसम्म विदेशको कार्य क्षेत्र संग सम्बन्धित सीप सिक्ने वातावरण सिर्जना गर्न सम्बन्धित दूतावास संगठन, व्यक्ति, संस्था वा सरकारका निकाय संग समन्वय गर्ने यस एशोसिएशनले उदेश्य लिएको छ ।

६) विदेशमा कमाएको रकम वैधानिक बाटोमा ल्याउन पहल साथै वैधानिक तवर बाट विप्रेषण गर्नेलाई राज्यले विभिन्न सुविधा जस्तैः विप्रेषित रकम सटहिमा सहुलिय, कर्जाको व्याजदरमा सहुलियत आदिमा सहजीकरण र पहल गर्न यस एशोसियशनले महत्वपूर्ण भूमिका खेल्नेछ ।

‎‫ري‬‎ विदेश जानु पुर्व राज्यले लगानी गर्ने क्षेत्रको अवधारणा बनाई उक्त क्षेत्रमा विदेश जाने कामदारले स्वेच्छा अनुसार छनोट गरि विदेशमा पुगी विप्रेषण माध्यमबाट सम्बन्धित खातामा रकम पठाई लगानी गर्ने वातावरण सिर्जना गर्ने लगानी गर्ने क्षेत्र भन्नाले जस्तै, बैंक तथा वित्तीय संस्थामा शेयर लगानी, नेपाल विधुत प्राधिकरण, नेपाल टेलिकम, आयल निगम जस्ता अन्य नडुब्ने सुनिश्चित भएका क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन पहल गर्ने ।

C) संसदमा भएको बेतिथी हटाउन नेपालको संसदीय अभ्यासमा हुने गरेका गलत परम्परा जस्तै तोकिएको समय र दिनमा संसद बन्द भए वा गरेमा जुन पक्षले संसद बन्द गर्ने प्रयास गर्छ उक्त पक्षको उक्त दिन सहितको १ दिन बराबर ५ दिनको तलब भत्ताको रकम बराबर जरिवाना वा यस्तै कारवाहीका उपाय गर्ने हो भने संसद कहिल्यै बन्द हुदैन भन्ने जनआवाज र जनविश्वासलाई हाम्रो एशोसिएशनले आत्मसाथ गर्नेछ ।

९) स्थानीय श्रोत र साधनको अधिकतम प्रयोग संगै स्वदेश तथा विदेशमा रहेका विभिन्न सम्बन्धित क्षेत्रमा कार्यरत विशेषज्ञ संग दिगो विकासका राष्ट्रिय सवालमा भौतिक तथा प्रविधिका माध्यमबाट अन्तरक्रिया तथा गोष्ठी गरि गराई उक्त गोष्ठीको निष्कर्षबाट विकासको प्राथमिकता र आवश्यकताको आधार बनाई प्राथमिकताका आधारमा पार्टी संयन्त्रबाट नागरिक तहसम्म पुग्न समन्वय गराई कार्यान्वयन गर्ने/गराउने हाम्रो लक्ष्य रहेको छ ।

१०, पार्टी संग समन्वय समयमा जनताको काम गर्न, नीतिगत तथा अन्य भष्ट्राचार रोक्नको निमित्त सरकारलाई हाम्रो एशोसिएशनले हरेक कार्यालयहरुमा एक द्वार प्रणाली र अनुगमन प्रणालीलाई चुस्त बनाउन निरन्तर दवाब दिनेछ ।

११) युवा पलायन रोक्ने कार्यक्रम अन्तर्गत बाँझो, प्रयोग नगरेको बा प्रयोगमा नआएका जमीनलाई रकम जम्मा गर्ने बैंकले दिने सुविधा जस्तै इच्छाएको व्यक्तिले आफ्नो भूमि सदुपयोग गर्न गराउन सक्नेगरी निश्चित अवधिको लागि प्रक्रिया पूरागरी आफ्नो जमीनको निश्चित स्वामित्व निश्चित अवधिकालागि भूमि उपयोगको निमित्त दिन सक्ने गरी भूमि बैंकको स्थापना गर्न पहल गर्ने। यसरि भूमि उपयोग गर्नेले ढुक्क भएर आफूले लिएको समय अवधिभर उक्त भूमिमा व्यवसाय अनुसार योजना बनाएर भूमि उपयोग गर्न सक्दछ । यसो गरिएमा राष्ट्रिय उत्पादन बढाउन सकिन्छ यसरी उत्पादन बढ्ने अवस्था सिर्जना भएमा निम्न चप कुरा प्राप्त हुन सक्दछ ।

क), दक्ष, अर्धदक्ष र अदक्ष तिनै वर्गका जनशक्तिहरूलाई स्वदेशमै रोजगार सिर्जना भै युवा पलायन रोक्न सकिन्छ । यसरि शिक्षा सँग सिप सिप सँग श्रम र श्रमबाट रोजगारी श्रृजना गर्दै युवा शक्ति रोक्दै देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन हाम्रो संगठन निरन्तर लागि रहेको छ त्यसैले पार्टीले समेत हाम्रो संगठन विस्तार गर्न सहजीकरण गर्ने छ भन्ने हाम्रो विश्वास छ ।

ख) क्षि उत्पादन र बजारको सुनिश्चितता हाम्रो पहिलो लक्ष भएकोले यसलाई छोटो समयमा नै हामीले कृषि उत्पादन आयातमा कमि गर्न सक्छौं र हाल सानो मात्रामा नियांत भैरहेको तरकारी जन्य उत्पादनलाइ देश र अवस्थाको मूल्यांकन गर्दै थप मूल्यवान बाली सहीत उत्पादन र बजारको सुनिश्चितता गरि विभिन्न देशमा निर्यात समेत गर्न सक्छौं। यसो गर्न सकिए‌मा हाम्रो देशको मूल आयश्रोत विप्रेषण आफ्नै देशमा रोक्दै निर्यातबाट वैदेशिक मुद्रा समेत आर्जन गरी देशलाई कृषि क्रान्तिमा अगाडि बढाइ जनताको आर्थिक रुपान्तरण गर्न सक्छौं भन्ने हाम्रो लक्ष्य साथै अठोट रहेको छ ।

१२) विदेशमा आर्जित ज्ञान शिप, पूँजी र लगनशीलता भएपनि स्वदेशको उद्योग सञ्चालनमा हुने कमीलाई पूर्ति गर्न, लगानी गर्ने उद्योगको प्रक्ति हेरी परामर्श गर्दै सम्बन्धित क्षेत्रका उद्योगी संग सहकार्य गर्दै व्यवसाय गर्न सांगठनिक तवरबाट भूमिका खेल्ने । यसो गर्न सकिएमा बिदेशमा आर्जित पुंजीलाइ स्वदेशमा गरेको लगानी सुरक्षित हुने र युवा पलायन रोक्न सकिने हाम्रो ठम्याइ छ ।

यसरी लगानी गर्न वा अन्य क्षेत्रमा लगानी गर्न कर तिरेको वा विप्रेशित रकम हुनु पर्ने नियम कार्यान्वयनको लागि पहल गर्दै

बिप्रेशित रकमको सटहिमा छुटका साथै श्रोत नखुलेको रकममा उचित कार्यवाही गरेमा विप्रेषण बढ्नुका साथै भन्सार, एयरपोर्ट

लगायत अन्य क्षेत्रबाट हुने गरेको सुन लगायतको अबैधानिक ओसारपसारमा कमी हुने हाम्रो ठम्याई छ । यसरी लगानी गर्न वा अन्य

क्षेत्रमा लगानी गर्न कर तिरेको वा विप्रेशित रकम हुनु पर्ने नियम कार्यान्वयनको लागि पहल गर्दै विप्रेशित रकमको सटहिमा छुटका

साथै श्रोत नखुलेको रकममा उचित कार्यवाही गरेमा विप्रेषण बढ्नुका साथै भन्सार, एयरपोर्ट लगायत अन्य क्षेत्रबाट हुने नुन देखि

सुन सम्मको अबैधानिक बओसारपसारमा कमी हुने हाम्रो ठम्याई छ ।

१३)

१४)भूमि बैंक साथै चकलावन्धिको अवधारणा गर्न सकिएमा आधुनिक उपकरणको प्रयोग उत्पादन सहजै बढाउन सकिन्छ । माथिका कुरालाई थप जोड दिन निम्न कुराहरू पहल गर्ने हाम्रो सोच छ ।

क) द.कोरिया, इजराइल जापान चीन लगायत आधुनिक कृषिमा छलाङ्ग मारेका देशहरूमा जैविक मल र कृषि क्षेत्रमा थप ज्ञान

लिन कृषिमा विभिन्न विषय लिएर अध्ययन गरेका जेहन्दार मेहनती विद्यार्थीलाई ती देशहरुमा उपयोग गर्ने मल, उपयोग गर्ने तरिकाको विभिन्न खालको थप ज्ञान हासिल गर्न सरकारी तवरबाट उच्च शिक्षा र मध्य शिक्षा अध्ययन गर्न सामूहिक रूपमा पठाउन पहल गरिने छा

१५) एनआरएनको सम्पत्ति बेचबिखन गर्ने र लगानी गर्ने विषयमा राज्यले संवेदनशील भएर सोच्नु पर्ने अवस्था छ ।
१६) माथिका कुरालाई राम्ररी अध्ययन अनुसन्धान गरी विभिन्न विधाका ज्ञान र राष्ट्रकोलागी केही गर्छु भन्ने अभियानको समुह बनाई अनुगमन गर्ने कार्यलाई प्राथमिकता दिइनेछ। यदि अहीले देखिनै युवा पलायन रोक्न सकिएन भने अबको केही दसक भित्रै यो देशमा वृद्धको मात्र बास हुनेछ जनसंख्या वृद्धि ठप्प हुनेछ । त्यसैले माथिका कार्य गरेर कृषि क्षेत्रमा मात्रै पनि छलाङ्ग मार्न सकियो भने । कृषि, पर्यटन लगायतका थप क्षेत्रको सम्भावनाका ढोकाहरू खुल्नेछन् र आर्थिक वृद्धि भइ शिक्षित, दक्ष, र अर्धदक्ष युवहर देशमै रोक्न सकिनेछ र हाम्रो देशमा मृत्यु वरण गरेर शव दाह गर्न विदेशमा रहेका परिवारको सदस्य कुर्नु पर्ने बाध्यात्मक स्थितिको अन्त्य हुनेछ भन्ने हाम्रो ठम्याई हो र यसको कार्यान्वयनको लागि कटिबद्ध भै हाम्रो संगठन निरन्तर लागिरहनेछ ।