Saturday, July 18

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन मधेश प्रदेशको विस्तारित बैठक सम्पन्न

नेपालअखबार, काठमाडौँ।नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को मधेश प्रदेशको विस्तरित बैठक सम्पन्न भएको छ।

Advertisement

शनिबार नेकपा (एकीकृत समाजवादी) रौतहट जिल्ला कमिटीको कार्यालय चपुरमा उक्त वैठब सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष रामकुमार खड्काले गर्नुभएको थियो।

Advertisement
Advertisement

त्यस्तै वैठकमा पार्टीका पोलिटब्यूरो सदस्य तथा संविधानसभा सदस्य रामकुमार भट्टराईको प्रमुख आतित्थ्यता रहेको थियो। कार्यक्रममा  विशिष्ट अतिथिका रूपमा संगठनका केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य धनबहादुर कार्की, केन्द्रीय अनुशासन आयोगका सदस्य महेन्द्र चौलागाईं हुनुहुन्थ्यो।

Advertisement

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज हरि बहादुर अधिकारी, केन्द्रीय उपमहासचिव कृष्ण बहादुर खड्का, सर्लाही जिल्ला अध्यक्ष कृष्ण बहादुर लामा र एकवाल चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रौतहट जिल्ला कमिटी सदस्य सरोज हुमागाईँले गर्नुभएको थियो।