Monday, May 25

धोती दिवस मनाउने क्रममा उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान पक्राउ

नेपालअखबार, काठमाडौं । धोती दिवस मनाउने क्रममा सभापति खान सहित ५१ जना पक्राउ परेका छन् । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउत, पुर्व मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान सहित करिब ५१ जना केन्द्रीय नेताहरु काठमाडौंबाट पक्राउ परेका छन् ।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानलगायतलाई अमानविय ढंगले पक्राउ गरेको छ । अहिले पक्राउ परेका सबैजनालाई पुलिस क्लबमा राखिएको छ ।

Advertisement

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन माइतीघरमा भेला भएका जनमत पार्टीका अध्यक्ष डा.राउत, उपाध्यक्ष एवं पुर्व मन्त्री, उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान,  प्रक्ता डा.शरदसिंह यादव, सचिव बीपी साहसहित विद्यार्थी नेताहरुसमेत पक्राउ परेका छन् ।