Saturday, May 9

एमाले चितवनका ६ जना नेता एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, काठमाडौँ। एमाले परित्याग गरी राप्ति नगरपालिका वडा नम्बर ५ चिवनका ६ जना स्थानीय नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ।

नेकपा (एमाले) परित्याग गरि नेताहरू भगवती धरेल, रामसरण धरेल, गायत्री धरेल, आनन्द धरेल, अमित धरेल र अस्मिता धरेल रहनु भएको छ।

Advertisement

नेकपा एमाले व्यक्तिवाद र चरम अवसरवादमा फसेको भन्दै उहाँहरूले पार्टी परित्याग गरेको बताउनु भएको छ।

नेपाली जनता, मुलुकको निम्ति चिन्ता गर्ने र काम गर्ने पार्टी एकीकृत समाजवादी भएको बताउँदै उहाँहरु समाजवादी यात्रामा समाहित हुनु भएको हो।