Thursday, July 9

टुक्रा-टुक्रा पारेको अवस्थामा एक किशोरको शव फेला

नेपालअखबार, दाेलखा। दोलखामा एक किशोर मृत फेला परेका छन्।

Advertisement

दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी मंगलबार शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन्।

Advertisement
Advertisement

भण्डारीको शव टुक्रा-टुक्रा पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

Advertisement

शरीरको विभिन्न भागमा घाउ भएकाले उनको हत्या गरिएको हुनसक्ने उनले बताए।

घटनास्थल नजिकै रगत लागेको अवस्थामा भण्डारीको चश्मा फेला परेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।