Tuesday, November 4

आरडीटी पोजिटिभ देखिएका युवकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

नेपाल अखबार, बुटवल। गुल्मीमा कोरोना संक्रमणकोे आशंका गरिएका युवकको मृत्यु भएको छ ।  हिजो गुल्मीको धुर्कोट गाउँपालिका ३६ वर्षीय पुरुषको  तम्धासमा उपचारका मृत्यु भएको थियो भने आज सोही ठाउँमा ४२ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा सुदर्शन थापाले बताए ।
आज मत्यु भएकोको युवकको आरडीटी पोजिटिभ आए र पीसीआर परीक्षणका लागि पठाइएकोले रिपोर्ट आउन बाँकी रहेको डा. थापाले भनाइ छ । ’शनिबार आइसोलेसन अस्पताल लैजानका लागि ल्याइएको थियो’, उनले भने, ’खोकी, श्वास फोर्न समस्या भएर ल्याइएको थियो ।’
प्रादेशिक अस्पतालमै राखेर उपचार गरिएकामा आइतबार दिउँसो ३ बजेतिर मृत्यु भएको थापाले बताए । उनी भारतबाट ८ दिनअघि आएर स्थानीय क्‍वारेन्टिनमा बसेका थिए । यसअघि गुल्मीकै ३६ वर्षीय युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचापरिक रुपमा पुष्टि गरेको थियो ।
गत जेठ १२ गते प्रदेश प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । त्यसयता रेसुंगाको आइसोलेशनमा उपचाररत उनको जेठ ३१ गते राति मृत्यु भएका हो । यसअघि नै गुल्माीको मदाने गाउँपालिका एक जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *