Thursday, July 30

भारतका विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउँदै

नेपालअखबार,काठमाडाैं । भारतका विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउँदैछन्।

Advertisement

नेपाल भारत परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका जयशंकर भारतीय सेनाको विशेष विमानमार्फत् बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिँदैछन्।

Advertisement
Advertisement

दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

Advertisement

दूतावासका अनुसार मन्त्री जयशंकरले भोलि नै उच्चपदस्थ राजनीतिक भेटघाट सक्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न भोलि बिहान ११ बजे शितल निवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुनेछ।

दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।

जयशंकर शुक्रबार बिहान ८ बजे पूजाआजाका लागि पशुपति जाने कार्यक्रम छ। दुई दिने भ्रमण सकेर उनी शुक्रबार १२ बजे भारत फर्किने दूतावासले जनाएको छ।