Friday, July 10

सम्झनामा जलेका यि अनन्त वेथा

कविता

Advertisement

सम्झनामा जलेका यि अनन्त वेथा,
बुजि दिने को छ र? !
विरहमा बगेका यि आशुका थोपा,
रुजि दिने को छ र? !

Advertisement
Advertisement

अनन्त र अन्धा प्रेम गर्ने ,प्रेमी म
उस्कै नाममा जीवन जिए।
पराईकै आगनमा बाधिएको तिमी
विरहका पिडन मेैले लिए।

Advertisement

जब खुल्ला आखाले देखेका
ति सपनाका घर जल्यो,
तिम्रा स्मृतिमा बाच्ने यि हिर्दयमा
आगोका ज्वाला बल्यो।

तर अफसोस त्यो आगोमा म आफै जले
रहयो त केवल अवशेष रहयो,
अब त ति सम्झनाका अवशेश पनि
आशु का थोपा सँगै बहयो।

सन्जु आले , पाेखरा