
नेपालअखबार, काठमाडौँ । देशका विभिन्न जिल्लामा ३ जना मृत फेला परेका छन् । सिन्धुली, पर्वत र झापामा ३ जना मृत अवस्थामा फेला परेका हुन् ।
सिन्धुलीको दुधौली नगरपालिका–६ लालभितीस्थित कमला खोला किनारमा सोही नगरपालिका–१ गिजिहानी बस्ने ५३ वर्षीय भिमनाथ अधिकारी मृत अवस्थामा फेला परेका छन् । उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै पर्वतको जलजला गाउँपालिका–४ स्थित कालीगण्डकी नदीको किनारमा एक महिला मृत फेला परेकी छन् । म्याग्दीको वेनी नगरपालिका–७ शान्तीटोल बस्ने ६० वर्षीया प्रमिला जोशी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
उता, झापाको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित कन्काई खोलाको किनारमा एक पुरुष मृत फेला परेका छन् । शुक्रबार मृत अवस्थामा फेला परेका करिब ४५ वर्षीय पुरुषको नाम, थर र वतन नखुलेको प्रहरीले जानकारी दिएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

