Thursday, July 30

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था बन्न नदिनूस्ः प्रधानमन्त्री

नेपालअखबार,काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्।

Advertisement

प्रधानमन्त्री ‘प्रचण्ड’ सँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान (न्याम्स) का पदाधिकारीको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए।

Advertisement
Advertisement

‘बिरामीलाई गुणस्तरीय सेवा दिनूहोला, उपचारका क्रममा उनीहरूले  गुनासो गर्ने अवसथा आउनु भएन,’ उनले भने,  ‘वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।

Advertisement

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाए।

छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधान उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।