Wednesday, July 29

बमजनलाई थुनामा पठाउन अदालतको आदेश

नेपालअखबार, काठमाडाैं। तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

Advertisement

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

Advertisement
Advertisement

उनकाअनुसार बिहीबार सात जना वकिलहरूले बहस गरेका थिए। प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन्। अदालतमा बमजनले १२-१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।

Advertisement

बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

फरार रहेका बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले गत मंगलबार पक्राउ गरेको थियो। प्रहरी घर पुग्दा उनले भाग्ने प्रयास गरेका थिए। उनलाई सिआइबीले बुधबार सार्वजनिक गरेको थियो।उनलाई बुधबार नै जहाजबाट सर्लाही लैजाने तयारी गरे पनि टिकट पाइएको थिएन। उनलाई गाडीबाट सर्लाही लगिएको प्रहरीले जनाएको छ।