Tuesday, July 28

खेलकुदमन्त्री लिम्बूलाई पत्नीशोक

नेपालअखबार, मोरङ। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती  गंगा लिम्बूको निधन भएको छ।

Advertisement

५८ वर्षीया लिम्बूको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए।

Advertisement
Advertisement

श्रीमतीको निधन भएपछि मन्त्री लिम्बू मोरङस्थित घर आउँदैछन्। उनीहरुको एक छोरा र एक छोरी छन्।

Advertisement

गंगा क्यान्सर पीडित थिइन्। उनको अन्त्येष्टि आज बिहान १० बजे गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए।

केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो।