Saturday, September 12

सवारी चालक अनुमतिपत्र छपाइ रोकिँदैन: मन्त्र ज्वाला

नेपालअखबार, चितवन। भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताउनु भएको छ।

Advertisement

शनिबार चितवनमा ड्राइभिङ स्कुल संघको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने जानकारी दिनुभयो। साथै उहाँले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिनेसमेत स्पष्ट पार्नुभयो।

Advertisement
Advertisement

मन्त्री ज्वालाले भन्नभुयो, ‘आजमात्रै ६ लाख कार्ड ल्याइएको छभने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं। लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ। माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ।’ -रासस 

Advertisement