Saturday, August 22

एकीकृत सरकारी कर्मचारी संगठन, सदूरपश्चिम प्रदेशको प्रथम भेला सम्पन्न

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन, सदूरपश्चिम प्रदेश अध्यक्षमा जनकराज जोशी चयन हुनु भएको छ।

Advertisement

शनिबार कैलालीको धनगढीमा सम्पन्न प्रथम प्रदेश भेलाले जोशीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा रजनलाल धामी, महाँसचिवमा पुरुषोत्तम भट्ट, सचिवमा सुनिल रावल, जानकी जोशी, कोषाध्यक्षमा रामबहादुर थापा चयन हुनु भएको छ।

Advertisement
Advertisement

त्यस्तै संगठनको सदस्यमा सत्यराज थापा, सुवाष बडु, हरिप्रसाद जोशी, बाबुराम राना, सन्तोष बोहरा, रक्षा थापा, अम्मर बहादुर ऐरलगाएतका नेताहरू सर्वसम्मत निर्वाचित हुनु भएको छ।

Advertisement

भेलाको उद्घाटन नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले गर्नु भएको थियो।

संगठनका प्रदेश इन्चार्ज नृप जोशिको अध्यक्षता सम्पन्न भेलामा एकीकृत सरकारकारी कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष यमबहादुर खत्री, महासचिव प्रकाश राई, उपाध्यक्ष दिनेश लम्साल, पेशागत संगठनका प्रदेश अध्यक्ष कविन्द्र चन्द, केन्द्रीय उपाध्यक्ष जयदेव जोशीलगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो।