Tuesday, July 28

निर्माण व्यवसायीलाई तत्कालै भुक्तानी दिन सरकार तयार

नेपालअखबार, काठमाडौं । विभिन्न आयोजना निर्माणवापत सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्न सरकार तयार भएको छ ।

Advertisement

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलले भुक्तानीको प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको हो ।

Advertisement
Advertisement

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई गत आर्थिक वर्षमा काम गरेवापत भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गर्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन् ।

Advertisement

प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आइतबार नै भुक्तानीको प्रक्रिया अगाडि बढाउन तयार भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।