Thursday, July 30

दाङमा महिला र पुरूष मृत फेला

नेपालअखबार, दाङ। दाङ तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित जंगलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन्।

Advertisement

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको जानकारी दिए। उनीहरूको शव झुण्डिएको अवस्थामा फेला परेको हो।

Advertisement
Advertisement

मृत्यु चार दिन अघि नै भएको हुनुपर्ने डिएसपी पोखरेलले बताए। मृतकको पहिचान हुन सकेको छैन।

Advertisement

स्थानीयले उनीहरू त्यस आसपासका नभएको जानकारी दिएको प्रहरीले बताएको छ। मृतकहरूको उमेर अन्दाजी २५/२६ वर्षको हुनुपर्ने प्रहरीको अनुमान छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।