Wednesday, July 8

राष्ट्रपतिले जारी गरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश

नेपालअखबार, काठमाडाैं।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन्।

Advertisement

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।

Advertisement
Advertisement

‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

मन्त्रिपरिषदको बुधबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

Scan_20240118