Wednesday, July 29

स्थानीय उत्पादन र मौलिक खानाको प्रवर्द्धन गर्ने उद्योग मन्त्री रिजाल प्रतिबद्धता

नेपालअखबार, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी मौलिक एवम् रैथाने उत्पादनको प्रवर्द्धनका लागि सरकारले विशेष कदम चालको बताएका छन् । शुक्रवार व मार्ट युनिक सोलुसन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको (चौरासी व्यञ्जन) अवलोकन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

Advertisement

उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी कानुनलाई फुकाउने प्रयास भइरहेको सुनाउँदै नयाँ र इनोभेटिभ उद्योग तथा व्यवसायलाई मन्त्रालय आफैं प्रवर्द्धनमा लाग्ने बताए । ‘स्वदेशमा बसेर उद्योग व्यवसाय गर्न चाहने युवाहरूका लागि प्राथमिकतामा राखेर मन्त्रालयले नयाँ उद्यमीको लागि लक्षित गरेर स्टार्टअप कार्यक्रम ल्याएका छौँ,’ मन्त्री रिजालले भने, ‘प्याकेजिङमा सुधार गर्दे नेपाली उत्पादनको बजारीकरण आजको आवश्यकता हो ।’

Advertisement
Advertisement

अवलोकनको क्रममा मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले एक स्थानीय तह एक उत्पादन ब्रान्डिङ गर्ने लक्ष्यअनुसार हाल सात प्रदेशको १५ पालिकाबाट सामान सङ्कलन भई बजारीकरण सुरु भएको जानकारी दिए । साथै मन्त्रालयको समेत सहजीकरण हुने हो भने गाउँ गाउँका मौलिक एवम् रैथाने उत्पादनको बजारीकरणमा आफूले सबै पालिकासँग काम गर्न सकिने बताए ।

Advertisement

मौलिक बजार मौलिक भान्छाघरले अर्ग्यानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग सञ्चालन गर्दै आइरहेको छ । यस्तै, ७५३ वटै स्थानीय तहमा खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवर्द्धन गर्न ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनुसहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ ।