Monday, August 10

रेडियो नेपालका कास्की संवाददाता बरालसहित ७ जना पत्रकार सम्मानित

नेपालअखबार पोखरा । रेडियो नेपालका कास्की संवाददाता दीननाथ बराल पोखरामा पुरस्कृत हुनु भएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट बराल पुरस्कृत हुनु भएको हो ।

Advertisement

विगत दुई दशकदेखि पोखरामा क्रियाशील रही सिर्जनशील पत्रकारिता मार्फत् कास्कीको आर्थिक क्षेत्रको विकास र समाज परिवर्तन तथा नेपाल पत्रकार महासङ्घको संस्थागत विकासमा बरालले पुर्‍याउनु भएको योगदानको कदर गर्दै महासङ्घ कास्कीले पत्रकार बराललाई नगद २० हजार सहित पुरस्कृत गरेको महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीले बताउनु भयो । शुक्रबार महासङ्घमा आयोजित पुरस्कार अर्पण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार बराललाई सम्मान गर्नु भएको हो । उक्त पुरस्कारको छनौट समितिमा पूर्व अध्यक्ष रामकृष्ण ज्ञवाली रहनु भएको थियो ।

Advertisement
Advertisement

यसैबिच उक्त पुरस्कार २०७८ बाट टंकराज अधिकारी पुरस्कृत हुनु भएको सचिव माधव बरालले बताउनु भयो । आर्थिक पत्रकारिता पुरस्कार सहित नेपाल पत्रकार महासङ्घ कास्कीले ७ जना पत्रकारलाई एकै मञ्चमा शुक्रबार पुरस्कृत गरेको हो । पुरस्कृत हुने पत्रकारहरूमा कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी रहनु भएको छ ।

Advertisement

महासङ्घ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुनु भएको हो । उक्त पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ रहेको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिएको हो भने उक्त पुरस्कारको राशि २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशिको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुनु भएको हो ।