Thursday, July 30

अध्यक्ष नेपालबिच भेटवार्ता र चिनियाँ उपमन्त्री

नेपालअखबार, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायान र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । हायान नेतृत्वको प्रतिनिधि मण्डलले शनिबार साँझ एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर पार्टी नेतृत्वसँग भेटघाट गर्नुका साथै समसामयिक विषयमा छलफल गरेको हो ।

Advertisement

भेटवार्तामा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका अन्य नेताहरू साथै विदेश विभागका सदस्यहरूको उपस्थिति रहेको विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए। द्विपक्षीय भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो राखेको थियो । भेटवार्ता सौहार्दपूर्ण हुनुको साथसाथै, द्विपक्षीय चासो र  हितका विषयमा छलफल भएको विदेश विभाग सचिव डा. खतिवडाले जानकारी दिए।

Advertisement
Advertisement

sun madhav 2

Advertisement
उपमन्त्री हायानले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।