Wednesday, July 29

बाल्टिनमा डुबेर ११ महिने शिशुको मृत्यु

नेपालअखबार, काठमाडाैं। भक्तपुरमा पानीको बाल्टिनमा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ।

Advertisement

भक्तपुर नगरपालिका-५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मण देउलाको शनिबार मृत्यु भएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

Advertisement
Advertisement

डिएसपी पाठकका अनुसार शिशु खाटमा सुतेका थिए। कपडा धुनका लागि १० लिटरको बाल्टिनभरीको पानी खाट नजिकै राखिएको थियो। सोही बाल्टिनमा शिशु खसेका थिए।

Advertisement

उनलाई उपचारका लागि भक्तपुरको सिद्धी स्मृति अस्पताल लगिएकोमा अपराह्न ३:३५ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी पाठकले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए।