Wednesday, February 11

काठमाडौंमा यो वर्षकै बढी चिसो

नेपालअखबार,काठमाडौं । काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ।

Advertisement

अधिकत तापक्रम पनि १६.५ डिग्री सेल्सियस पुग्ने महाशाखाको पूर्वानुमान् छ।

हिजो न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो।

न्यूनतम र अधिकतम तापक्रम दुबै कम हुँदै जाँदा काठमाडौंमा चिसो दिनहुँ बढेको महसुस गरिएको छ।

आज सबैभन्दा कम तापक्रम जुम्लामा छ। महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ।