Friday, July 17

गौर अस्पतालका डाक्टर सिंहले माघ १५ सम्म हाजिरी गरेको खुलासा

मेवालाल यादव रौतहट  । रौतहट जिल्लाको गौरमा रहेका प्रादेशिक अस्पतालका डाक्टरले ५ दिन अगाडी सम्मको हाजिरी गरेको खुलासा भएको छ ! मेडिकल सुप्रिटेंडेंटको विषय लिएर विवादित बनेका प्रादेशिक अस्पताल गौरका तत्कालीन मेसु डाक्टर संजीव कुमार सिंहले माघ १५ गते सम्म हाजिरी गरेको तथ्य बाहिर आएको हो ।

Advertisement

प्रादेशिक अस्पताल गौरमा हाजिर भएका डाक्टर सिंहलाइ सरुवा गरी उहाको ठाउमा डाक्टर कृष्णा साहलाइ प्रदेश सरकारले पठाए पछि सरुवाको विरुद्ध डाक्टर सिंहले प्रादेशिक अस्पताल ,मुख्यमंत्रीको कार्यालय समेत ऊपरमा गएको कार्तिक १४ गते उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा उत्प्रेषण परमादेशको रिट दायर गरेपछि अस्पताल अहिले सम्म प्रमुख बिहीन बनेको छ । उच्च अदालतले निबेदक डाक्टर सिंह र विपक्षी डाक्टर कृष्णा साहलाइ अर्को निर्णय नभए सम्म काम काज तथा मंत्रालयको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेकोमा अहिले सम्म आदेशलाइ निरन्तरता दिइएको बखतमा गोप्य रुपमा अस्पतालमा आएका डाक्टर सिंहले हाजिरी गर्दा आउने दिन माघ १५ गते सम्म आफ्नो हाजिरी गरेको प्रमाण हाजिरी रजिष्टरको सार्वजानिक भएपछि खुलासा भएको हो ।

Advertisement
Advertisement

मुद्दा चलदा चल्दैको अवस्थामा पुश २६ गतेको निर्णय अनुसार बढुवा सिंहलाइ प्रदेश सरकारले पूस १ गते देखि ज्येष्ठता कायम हुने गरी ११ औ तहमा नियुक्ति गरी माघ २ गतेमा मधेश स्वास्थ्य विज्ञानं प्रतिष्ठान जनकपुरधाममा पदस्थापन गरिएको छ ! पद स्थापन भएका सिंहले माघ १५ गते सम्म प्रादेशिक अस्पताल गौरमा हाजिर भएको प्रमाण दिनलाइ अघि नै हाजिरी गरेको छ ! ३० गतेको महीना रहेको मङ्सिरमा डाक्टर सिंहले 32 गते सम्म हाजिरी गरेको प्रस्ट रुपमा हाजिरी रजिस्टर बाट देखिदै छ । मेसु बिबादका कारण सेवा प्रभावित भएका गौर अस्पतालमा उपचार गराउन आउने सेवाग्राही निजी अस्पतालमा उपचार गराउन बाध्य समेत भएको अवस्थामा डाक्टर सिंहले आफ्नो निजी स्वार्थको लागि अस्पताललाइ न्यायपालिकामा पुर्याएको टिपण्णी स्थानीयहरुको रहेको छ ।

Advertisement