Tuesday, July 28

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी १९९ जनाको हुने

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी १९९ जनाको हुने भएको छ।

Advertisement

यहि माघ १४ र १५ गते राजधानीको प्रज्ञाभवनमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय परिषद् वैठकले उक्त निर्णय गरेको हो। त्यस्तै वैठकले केन्द्रीय पदाधिकारी १९ जना, प्रदेश कमिटी ७५ जना, जिल्ला कमिटी ५५ जना, पालिका कमिटी ४५ र वडा कमिटी ३५ सदस्सीय हुने निर्णय गरेको छ।

Advertisement
Advertisement

विधानमा पार्टीका सबै कमिटीहरुमा २० प्रतिशत ४० वर्ष मुनिका युवा रहने व्यवस्था गरिएको छ। एकीकृत समाजवादीको सांठनिक संरचना केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी रहने छ। उक्त प्रावधान संशोधित विधानमा राखिनेछ।

Advertisement