Wednesday, July 29

समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी एकीकृत समाजवादी हो: सम्मानित नेता खनाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी नेकपा (एकीकृत समाजवादी) मात्र रहेको दाबी गर्नु भएको छ।

Advertisement

सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै नेता खनालले अन्य पार्टीहरू नामका मात्रै कम्युनिस्ट पार्टी रहेको बताउनु भएको हो।

Advertisement
Advertisement

उहाँले भन्नुभयो, ‘जति पनि कम्युनिस्ट पार्टी छन् ती कम्युनिस्ट पार्टीहरू नामका कम्युनिस्ट पार्टी भए पनि समाजवादी क्रान्ति हाँक्ने पार्टी बन्न सकेका छैनन्। त्यस्तो पार्टी बनाउने जिम्मा आज हाम्रो पार्टीको काँधमा आएको छ।’

Advertisement

नेता खनालले परिषद् बैठकमा एउटै एजेन्डामा मात्र छलफल भएको र विधान कसरी परिष्कृत गर्ने भन्नेबारेमा छलफल भएको भन्दै उहाँले अझै पार्टी विधानमा धेरै कुरा सच्चाउनुपर्नेमा जोड दिनुभयो।