Saturday, August 22

पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इञ्जिनियरको मृत्यु

नेपालअखबार, काठमाडाैं ।  पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर मंगलबार एक इञ्जिनियरको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए। मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो।

Advertisement

उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ।