Monday, July 27

बेलायती सेनाध्यक्षले भेटे उपप्रधानमन्त्री खड्कालाई

नेपालअखबार, काठमाडाैं । उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कालाई बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले भेटेका छन्।

Advertisement

रक्षा मन्त्रालयमा मंगलबार भएको भेटमा उपप्रधानमन्त्री खड्काले भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

Advertisement
Advertisement

उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए।

Advertisement

दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उनको भनाइ छ।

बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दै आएकोमा उपप्रधानमन्त्री खड्काले खुसी व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ। ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिश गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेतालयको तर्फबाट सकारात्मक पहल हुनुपर्ने खड्काको भनाइ छ।

भेटमा बेलायती सेनाध्यक्षले बेलायतको प्रतिकूल आर्थिक अवस्थाको वाबजुद पनि नेपाललाई उपलब्ध हुँदै आएको सहयोग निरन्तर रूपमा प्राप्त भइरहने विश्वास दिलाएका थिए।