Friday, July 31

जुम्लामा बिहानैदेखि हिमपात

नेपालअखबार, जुम्ला। जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ।

Advertisement

हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो। सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।

Advertisement
Advertisement

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन्।

Advertisement

यस वर्षको हिउँदेयामको पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए। जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ। रासस