Tuesday, August 18

तयारी नपुगेका कारण लगानी सम्मेलनको मिति सारिएको हो: मन्त्री शाही

नेपालअखबार, धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको मिति सारेको छ।

Advertisement

प्रदेश सरकारले अगामी फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्ने ‘लगानी तथा विकास सम्मेलन’ अर्को वर्ष गर्नेगरि सारिएको हो।

Advertisement
Advertisement

लगानी तथा विकास सम्मेलन कार्यकारी समितिका संयोजकसमेत रहेका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले १२ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले अगामी असोज २१ र २२ गते गर्नेगरि सम्मेलनको मिति सारिएको जानकारी दिनुभयो। लगानी तथा विकास सम्मेलन आयोजना गर्न आवश्यक तयारी नपुगेका कारण सार्ने निर्णय भएको मन्त्री शाहीले बताउनु भयो।

Advertisement

प्रदेश सरकारले सुदूरपश्चिममा लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउने भन्दै मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्दै लगानी सम्मेलनको तयारी अघि बढाएको थियो। कार्यकारी समितिले सम्मेलनका लागि ५६ वटा परियोजनाको परिचान गरेको समेत जनाएको थियो।