Tuesday, July 28

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

नेपालअखबार, काठमाडाैं। संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

Advertisement
Advertisement

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन्।

Advertisement

महासचिव पदमा नियुक्त हुनुअघि मंगलबार नै उनले प्रतिनिधि सभा सचिवबाट राजीनामा दिएका थिए। उक्त राजीनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन्।

तत्कालीन महासचिव भरतराज गौतमले मंसिर २४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। त्यसपछि महासचिव पदमा पाण्डेयलाई नियुक्त गर्न सिफारिस गरिएको थियो।

नियुक्तिमा ढिलाइ भएपछि उनलाई मंसिर २७ गते कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको थियो।

महासचिव-नियुक्ति_Scan_20240206-2-scaled-1707220236.jpg