Tuesday, July 28

चुरोटको ठुटाबाट सल्किएको आगोले खरानी भयो घर

नेपालअखबार,सोलुखुम्बु। सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ।

Advertisement

सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटा भुइँमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो। उक्त आगोले दुईतले घर जलेर नष्ट हुँदा तीन लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको उनले बताए।

Advertisement

आगलागीपछि हामफालेर भाग्ने क्रममा सोही घरमा भाडामा बस्दै आएका ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ का काजीमान कटवाल घाइते भएका छन्।

कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी निरीक्षक मिश्रले बताए। रासस