Friday, July 17

चार सयभन्दा बढी भूकम्प पीडित परिवारलाई राहत वितरण

नेपालअखबार, जाजरकोट । भूकम्पका कारण क्षति पुगेको जाजरकोट भेरी नगरपालिका-२, पोख्राका बासिन्दालाई डसना, ब्ल्याङ्केट लगायतका सामान हस्तान्तरण गरिएको छ ।  प्रारम्भ नेपाल नामक सामाजिक संस्थाले भूकम्पपीडितलाई जाडोबाट जोगिन न्यानो, डसना, ब्ल्याङ्केट, सिरानी लगायतका सामान हस्तान्तरण गरेको हो ।

Advertisement

जाजरकोट भेरी नगरपालिका -२, पोख्राका बासिन्दालाई जाडोबाट जोगिन न्यानो डसना, ब्ल्याङ्केट, सिरानी सहितका सामान प्रारम्भ नेपाल नामक सामाजिक संस्थाले हस्तान्तरण गरेको छ।

Advertisement
Advertisement

उक्त नगरपालिकाका बासिन्दालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, जाजरकोट पत्रकार महासङ्घका पूर्व अध्यक्ष जनक केसी, स्थानीय जनप्रतिनिधिहरूले उक्त सामान हस्तान्तरण गरेका थिए । जाजरकोटका चार सयभन्दा बढी परिवारलाई उक्त सामग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष क्षेत्रीले बताइन् ।

Advertisement

सन् २०१२ मा सामाजिक कामकै लागि स्थापना भएको संस्थाले २०७२ को भूकम्पदेखि, बाढीपहिरो, कोभिड लगायत विभिन्न दैवी प्रकोपका बेला नागरिकको बास, गाँस, कपास, स्वास्थ्य, शिक्षा लगायतको समस्यामा साथ सहयोग गर्दै आएको छ । ज्येष्ठ नागरिक, सुत्केरी,अपाङ्गता भएका व्यक्तिहरूलाई केही आर्थिक सहयोग समेत गरिएको अध्यक्ष क्षेत्रीले बताइन् । पीडितहरूले विभिन्न सहयोगी संस्थाहरूको सहयोग प्राप्त भए पनि गाँस, बासको व्यवस्था,स्वास्थ्य सेवा पर्याप्त नभएको गुनासो गरेका थिए ।

भूकम्पपछि हिउँदका तीन महिना त्रिपालमुनि बसेका ४०० बढी पीडित परिवारलाई प्रारम्भले राहतस्वरुप न्यानो कपडा वितरण गरेको हो । नेपालगन्जबाट पश्चिममा अवस्थित जाजरकोटमा भूकम्प गएको ३ महिना पुरा भइसक्दा पनि यहाँका बासिन्दामा त्रास कायमै छ र घरवास भूकम्पले क्षति पुगेका व्यक्तिहरू अहिले पनि खुल्ला आकाशमुनि बस्न बाध्य छन्।

कतिपयले पाल मुनी बसेर जीवन बिताइरहेका छन्। भूकम्पले भत्काएको घरहरूको भग्नावशेष अझै जस्ताको तस्तै देख्न सकिन्छ। नेपाल सरकारको ध्यान जाजरकोटमा समयमै केन्द्रित होस भन्ने स्थानीय बासिन्दाहरूको भनाई छ।