Saturday, August 1

आजदेखिमाओवादी केन्द्रको विधान सम्मेलन

नेपालअखबार, काठमाडाैं। नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि सुरू हुँदैछ।

Advertisement

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११ बजेदेखि विधान सम्मेलन सुरू हुने नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

Advertisement
Advertisement

तीन दिनसम्म चल्ने विधान सम्मेलनमा पार्टीको विधान परिमार्जन गर्नेछ। त्यसका लागि माओवादीले स्थायी कमिटी सदस्य गणेश साहको संयोजकत्वमा विधान मस्यौदा समिति बनाएको थियो।

Advertisement

उक्त समितिले मस्यौदा गरेको विधान पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिएको थियो। पार्टीका नेतृत्वदेखि तल्लो कमिटीहरूले दिएको सुझावमा सम्मेलनमा छलफल गरी निर्णय हुने साहले बताए।

विधानसँगै नियमावली समेत बनाउने सम्बन्धमा पनि छलफल हुने उनले बताए। विधानले केन्द्रीय नेतृत्वदेखि स्थानीय नेतृत्व कस्तो बन्ने भन्ने तय गर्ने साहले बताए। समाजवादी क्रान्ति सम्पन्न गर्न कस्तो संगठनात्मक सिद्धान्त अपनाउने भन्ने निर्दिष्ट गर्नेगरी विधान सम्मेलनमा छलफल हुनेछ।

विधानमा केन्द्रीय कमिटीको आकार सानो र चुस्त बनाउने विषयदेखि सिद्धान्तसम्मका कुराहरू समेटिनेछन्।

विधान सम्मेलनमा आज अध्यक्ष प्रचण्डले विभिन्न विषयहरूमा ब्रिफिङ गर्नेछन्। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, सल्लाहकार, ज्येष्ठ नागरिक, स्थायी कमिटी सदस्यहरू सहभागी हुनेछन्।

सम्मेलन आजदेखि तीन दिनसम्म चल्नेछ।