Tuesday, August 18

पुटिनका कट्टर आलोचक नभाल्नीको मृत्यु

नेपालअखबार, काठमाडाैं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीको मृत्यु भएको छ।

Advertisement

रूसको जेलमा रहेका ४७ वर्षीय नभाल्नीको शुक्रबार मृत्यु भएको रूसी समाचार संस्था तासले कारागार प्रशासनलाई उदृत गर्दै लेखेको छ।

Advertisement
Advertisement

१९ वर्षको जेल सजाय पाएका नभाल्नीलाई संसारकै कठोर जेलमध्ये एक मानिने आर्कटिक सर्कल जेलमा राखिएको थियो।

Advertisement

यामालो निनेट्स जिल्‍लामा रहेको उक्त जेल प्रशासनले उनलाई केही असहज महसुस भएको र एक्कासि होस गुमाएको बताएको छ। उक्त घटना हुँदा चिकित्सकको टोलीले उपचारका लागि प्रयास गर्दा पनि नसकेको विज्ञप्तिमा भनिएको छ।

उनको मृत्युको यकिन कारण खुलिसकेको छैन।

नभाल्‍नीका वकिल लिओनिड सोलोभ्योभले यसबारे तत्काल कुनै प्रतिक्रिया नजनाउने बताए। उनको मृत्युबारे पुटिनलाई समेत ब्रिफिङ भइसकेको क्रिमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले बताए।

पूर्वअधिवक्ता समेत रहेका नभाल्नी पुटिनका कट्टर आलोचक हुन्। १० वर्षअघि भ्रष्टाचार विरूद्धको अभियान चालेर उनी रूसका प्रमुख विपक्षी नेताको रूपमा उदाएका थिए।

पुटिनविरूद्ध बोलेकै कारण सन् २०२० अगष्टमा सर्बियामा पुटिनले विष खुवाएर मार्न खोजेको उनले आरोप लगाएका थिए। क्रिमलिनले उक्त आरोप अस्वीकार गरेका थिए। अतिवादको आरोप खेपेका नभाल्नीलाई राजनीतिक कारणले नै जेलमा हालिएको विभिन्न सञ्चार माध्यमले विश्लेषण गरेका छन्।

नभाल्नीका समर्थकहरूले उनलाई नेसनल मण्डेलाका रूसी संस्करणका रूपमा लिन्थे।