Tuesday, July 28

आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने : वरिष्ठ नेता खनाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का  वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताएका छन् ।

Advertisement

पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने  वरिष्ठ नेता खनालको भनाई थियो । समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीबाट श्रमजीवी वर्गबाट टाढा पुर्‍याउने काम विद्यमान मोचावन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

वरिष्ठ नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवी वर्गको हित हुनै नसक्ने बताए ।

Advertisement

उनले भने, ‘प्रधान प्रतिद्वन्दीसँग कुनै मोर्चा बन्दैन । यदि बनाइयो भने त्यो गलत हुन्छ । त्यो वर्ग समन्वय हुन्छ । त्यसले वर्ग संघर्ष गर्ने होइन, वर्ग समन्वय गराउँछ त्यसले । वर्ग आत्मसमर्पणवाद गराउँछ त्यसले । र, वर्ग संघर्ष होइन, त्यसबाट पार्टीलाई विमुख बनाउँदै लैजान्छ । अहिले हामी हाम्रो श्रमजीवी वर्गबाट जसरी टाढिएका छौँ नि । परिणाम त्यही हो । हो, यही कुरालाई सच्याउन हामीले राष्ट्रिय महाधिवेशनमा सच्याउन सक्नुपर्छ । राष्ट्रिय महाधिवेशनका सामु धेरै गम्भीर महत्वका कार्यभारहरु छन् । ती कुरालाई ध्यान राखेर हामीले अगाडि बढ्नुपर्छ ।’

वरिष्ठ नेता खनालले नेपालमा हाल तत्काल वामपन्थीहरुबिच एकता सम्भव नभएपनि कार्यगत एकता हुनसक्ने बताए ।