Sunday, July 26

बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु

नेपालअखबार, कैलाली। कैलालीमा पानी भरिएको बाल्टीमा  डुबेर १ वर्षीया बालिकाको मृत्यु भएको छ।

Advertisement

टीकापुर नगरपालिका – १ शान्तिनगरकी सृतना चौधरीकी छोरी आरोहीको शनिबार पानीमा डुबेर मृत्यु भएको हो।

Advertisement
Advertisement

नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

शनिबार  उनी चमेलीपुर मामाको घर आएकी थिइन्।

बाल्टीमा डुबेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।