Wednesday, August 12

अनेरास्ववियू पाटन क्याम्पसद्वारा कम्युनिष्ट घोषणापत्र वाचन

नेपालअखबार, काठमाडौँ। अनेरास्ववियू पाटन क्याम्पस कमिटीले कम्युनिष्ट घोषणापत्र वाचन कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

बुधबार अनेरास्ववियू पाटन क्याम्पस कमिटी ललितपुरका अध्यक्ष मोहन बुढाको अध्यक्षता एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य तथा पार्टी प्रचार विभाग उपप्रमुख दामोदर आर्यालको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

Advertisement
Advertisement

नेता अर्यालले १७६ वर्ष पहिले अर्थात सन् १९४८ मा कार्ल मार्क्स र एंगेल्सले लेख्नु भएको कम्युनिष्ट घोषणापत्र आजका दिनमा उत्तिकै अर्थपूर्ण र आवश्यक रहेको बताउनु भयो। आरआर क्याम्पसका पूर्वसभापतिसमेत रहनु भएका नेता अर्यालले कम्युनिष्ट घोषणापत्र पढ्ने, बुझ्ने र बदल्नका निम्ति भएको स्पष्ट पार्नु भयो।

Advertisement

उहाँले भन्नुभयो, ‘आज विश्वमा पूँजिवादहरू कम्युनिष्ट घोषणापत्रलाई घृणा गर्छन्। किन कि आजका दिनमा पनि घोषणापत्रको सान्दर्भिकता झन् बढ्दो छ। नीजि सम्पत्ति दुःखको मुल कारण हो। गरिबी, अभाव, शोषणको जड नीति सम्पत्ति हो। जसको अन्त्यका निम्ति घोषणापत्र बोलेको छ। पूँजिवाद आफै सकिँदैछ। तत्कालिन समयका नक्कली समाजवादीका विरुद्ध घोषणापत्र बोलेको छ।’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य गौतम राईले घोषणापत्रले विश्वलाई गरेका आह्वानहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। नेता गौतमले कम्युनिष्ट घोषणापत्रले अघि सारेका हरेक कुरा अत्यन्तै महत्वपूर्ण भएको भन्दै विद्यार्थी नेताहरूले गहन अध्ययन गर्नु अनुरोध गर्नुभयो।

आफूले सुरुमा पहिलो पढ्दा नबुझेको बताउँदै पटकपटक पढेपछि घोषणापत्रको गहिराइमा पुगेको स्पष्ट पार्नुभयो। कार्यक्रममा अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामा, पार्टीका युवा नेता अमृत सागर, अनेरास्ववियूका नेताहरू मिलन राई, नरेश न्यौपानेलगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न क्याम्पस कमिटीका अध्यक्ष तथा नेताहरूलाई कम्युनिष्ट घोषणापत्र उपहार स्वरुप हस्तान्तरण गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभएको छ।