Monday, July 6

भरतपुरकाे विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

डिलकुमारि नेपाल, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विशेष विद्यालय स्थापना गरिएको बताएउनु भएकाे हाे । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विशेष विद्यालय भरतपुर १० मा भएको शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाभन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्वका रुपमा गरेको बताउनु भएकाे हाे ।

Advertisement

नेपाल सरकारको मान्यता प्राप्त पहिलो अटिजम विशेष विद्यालय भरतपुर महानगरले स्थापना गरे पनि स्तरोन्नति भने पर्याप्त रूपमा नभएको प्रमुख मेयर दाहालले बताइन् ।

Advertisement
Advertisement

विगत र हाल केही परिवर्तन देखिए पनि राम्रो परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथमिकतामा राखेर काम गनु पने हामी सबैकाे दायित्व छ। महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, बौद्धिक अपाङ्गता भएकालाई नारायणी मावि विशेष कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउन मिलाउने सुविधा दिईएकाे समेत बताउनु भयाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विशेष स्याहार गर्नुपर्ने उल्लेख गनुभयाे ।

Advertisement

अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियाे । महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सामाग्रीहरू हस्तान्तरण गनुभएकाे हाे । विशेष विद्यालयका ४० र बालकुमारीका १३ जना गरी ५३ जनालाई सामाग्री हस्तान्तरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताउनुभयाे ।